कतार विश्वकप : सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

कतार विश्वकप : सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

२०७९, मंसिर २६ सोमवार

  • 1.1K
    SHARES

  • कतार विश्वकप : सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

    काठमाडौँ। कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको छ ।

    एडिडास कम्पनीले आइतबार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो ।

    सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको छ । अरेबिक शब्द अल हिल्मको अर्थ सपना हो ।

    यस अघिको अल रिहलाको जस्तै यस बलमा समेत प्रविधिको प्रयोग गरिएको छ ।

    यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    २०७९, मंसिर २६ सोमवार०६:५८:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार