ऐतिहासिक बन्दै सम्पन्न भयो सातौँ युवा वैज्ञानिक शिखर सम्मेलन 

ऐतिहासिक बन्दै सम्पन्न भयो सातौँ युवा वैज्ञानिक शिखर सम्मेलन 

२०७९, फाल्गुण ९ मंगलवार

  • 3.3K
    SHARES

  • ऐतिहासिक बन्दै सम्पन्न भयो सातौँ युवा वैज्ञानिक शिखर सम्मेलन 

    काठमाडौं । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस / कलेजको संयुक्त आयोजनामा युनिग्लोब कलेज, कमलादी काठमाडौँमा दुइ दिने सातौँ युवा वैज्ञानिक शिखर सम्मेलन सम्पन्न भएको छ । 

    पुर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्रि श्री गणेश शाहको अध्यक्षतामा आयोजना भएको उक्त शिखर सम्मेल्लनको उद्घाटन चर्चित युवा उद्धमी श्री विदुषी राणाले गर्नु भयको थियो। नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय आविष्कार केन्द्र, नेपाल युवा परिषद्, युनेस्को-नेपाल, अनुसन्धान तथा विकास सोसाईटी नेपाल, र नेपाल विज्ञान शिक्षक समाज सँगको सहकार्यमा आयोजना भएको उक्त सम्मेलनमा प्रदेश १२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट कक्षा ८ देखि १२ सम्मका युवा अनुसन्धानकर्ताहरूले सम्मेलनमा भाग लिएका थिए।

    सम्मेलनमा ३१ विद्यालयका ५६ वटा अनुसन्धान प्रोजेक्टहरु बिच प्रतिस्पर्धात्मक प्रतियोगिता भयो। दुई दिनसम्म चलेको उक्त शिखर सम्मेलनकि प्रमुख अतिथि श्री विदुषी राणाका साथ आफ्नो कार्यक्षेत्रमा प्रेरणादायी कार्य सम्पादन गर्नु भएका श्री कुलमान घिसिंग, डा. वसन्त पन्त, डा. भगवान कोईराला तथा मध्यपश्चिम विश्वविध्यालयका उपकुलपति डा. नन्द बहादुर सिंह लगायतका बक्ताहरुले युवा बैज्ञानिकहरुसंग अन्तरक्रिया गर्नुभएको थियो।

    111.jpg

    सम्मेलनको दौरानमा अघिल्ला युवा वैज्ञानिक सम्मेलनका सहभागी लगायतका युवा बैज्ञानिकहरु तथा अग्रणी वैज्ञानिकहरुसंगको अलगअलग समुहगत छलफलद्वारा युवा वैज्ञानिकहरुका सपना, समर्पण, उपलब्धिहरु, तथा कार्यक्षेत्रका व्यवधानहरुका साथै त्यसवाट पार पाउनका लागि गर्नु पर्ने र गर्न सकिने क्रियाकलापहरुको निचोड निकाल्ने प्रयाश गरिएको थियो। उक्त सम्मेलनमा युवा वैज्ञानिकहरुले पाँच विभिन्न विधाहरू मध्ये कुनै एकमा आफ्नो अनुसन्धान कार्य प्रस्तुत गरि प्रतिस्पर्धा गरेका थिए : १) इन्जिनियरिङ तथा रोबोटिक्स, २) जीव विज्ञान, ३) रसायन तथा पर्यावरण विज्ञान, ४) भौतिक विज्ञान, र ५) तथा गणित र कम्प्युटर विज्ञान (आर्टिफिसियल इन्टेलीजेन्स समेत) ।

    हरेक विधामा युवा अनुसन्धाताले आफ्नो अनुसन्धानलाई संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा प्रस्तुत गरिएको थियो। युवा वैज्ञानिकको अनुसन्धान कार्यको नवीनता पुरस्कार तथा पदक लागि छनोटको मुख्य मापदण्ड रहेको थियो। उक्त सम्मेलनका बिजेताहरुलाई पाँच विभिन्न विधामा प्रमाणपत्र र पदकसहित सम्मान गरिएको थियो। साथै शीर्ष विजेताहरू सन् २०२३ नोवेम्बर २७ देखि डिसेम्बर १ सम्म मेक्सिकोको हर्मोसिलो, सोनोरामा आयोजना हुने '१२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेमेलन' मा सहभागिताका लागि आवेदन दिन योग्य हुनेछन् ।

    साथै शिखर सम्मेलनका विजेताहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अन्य अनुसन्धान तथा सहकार्यका अवसरहरू प्रदान गरिनेछ । सम्मेलन पश्चात कार्यक्रमका निचोडहरुलाई समेटेर एक रिपोर्ट तयार गरि सम्बंधित निकायमा सुझावको रुपमा प्रस्तुत पनि गरिएको आयोजक सदस्य तथा रसासन शास्त्री युवा बैज्ञानिक शुभाव अधिकारीले बताएका छन् । 

    सम्मेलन यहि फागुन ७ र ८ गते काठमाडौंमा सम्पन्न भएको छ ।

    २०७९, फाल्गुण ९ मंगलवार०७:५०:०३
    प्रतिक्रिया
    सम्बन्धित समाचार