काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा आज दुई खेल हुदैछ ।
कीर्तिपुरस्थित टियु मैदानमा कतार र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुवेत र बहराइनबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
वैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
त्यसै गरि बैशाख ५ गते मलेसियासँग जित निकाल्दै उद्घाटन भएको खेलमा हिजो शुक्रवार प्रतियोगिताकै बलियो मानिएको टोली ओमानलाई एकपक्षिय रुपमा ८४ रनले हराउँदै नेपालले विजयी यात्रा जारी राखेको छ ।
नेपालले आगामी सोमवार साउदी अरेवियासँग खेल्ने छ भने विहिवार कतार सँगको खेल खेल्दै लिगचरणको यात्रा सम्पन्न हुनेछ । समूहमा प्रथम स्थानमा रहँदै सेमीफाइनल नजिक नेपाल रहेको छ ।
फाइनल आगामी बैशाख १८ गते हुनेछ ।