यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट, गुल्सनको अर्धसतक

यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट, गुल्सनको अर्धसतक

२०८०, बैशाख १९ मंगलवार

  • 857
    SHARES

  • यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट, गुल्सनको अर्धसतक

    काठमाडौं । नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

    एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।

    यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे ।

    २२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध ६७ रन बनाएका छन् ।

    उनले १ विकेट समेत लिएका थिए । त्यस्तै भिम सार्कीले ३६ रन बनाए । 

    २०८०, बैशाख १९ मंगलवार११:५३:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार