एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। शनिबार सिटी मैदानमा भएको खेलमा नटिंघमले आफूलाई प्रिमियर लिगमा सुरक्षित गर्दै सिटीलाई उपाधिसमेत दिलायो।
उपाधिको झिनो आसामा रहेको आर्सनल नोटिंघम फरेस्टसँग १-० ले पराजित हुँदा सिटीले तीन खेल अगाडि नै उपाधि जितेको हो।
आर्सनललाई पराजित गर्न टाइवओ अवोनीइले १९ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो। खेलमा माइक अर्टेस्टाको आर्सनलले बल पोसेसनमा पकड बनाए पनि सिटीको ६ वर्षमा पाँचौँ उपाधि यात्रा तत्काललाई रोक्न भने असफल भएको थियो।
सिटी म्यानचेस्टर युनाइटेडपछि प्रिमियर लिगमा ह्याट्रिक गर्ने पहिलो टिमसमेत बनेको छ। यसअघि युनाइटेडले २००७, २००८ र २००९ मा प्रिमियर लिगको उपाधि जितेको थियो। सिटी पनि लगातार पछिल्ला तीन संस्करणमा च्याम्पियन बनेको हो। समग्रमा उसले पछिल्लो ६ वर्षमा ५ पटक प्रिमियर लिगको उपाधि जित्यो।
सिटी ट्रेबल उपाधि नजिक रहेको छ। प्रिमियर लिग जितेको सिटीले अब एफए कपको फाइनल र च्याम्पियन्स लिगको फाइनल जितेमा १९९९ मा युनाइटेडले जितेको ट्रेबलको कीर्तिमान बराबरी गर्ने छ।