कोरोना अपडेट : थप ४०३ जनामा संक्रमण, ४०५ जना संक्रमणमुक्त 

कोरोना अपडेट : थप ४०३ जनामा संक्रमण, ४०५ जना संक्रमणमुक्त 

२०७७, माघ १ बिहिवार

  • 1.3K
    SHARES

  • कोरोना अपडेट : थप ४०३ जनामा संक्रमण, ४०५ जना संक्रमणमुक्त 

    माघ १, काठमाडौं । 

    पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०३२ जनामा गरिएको परीक्षणमा २४२ जना पुरुष र १६१ जना महिला गरी ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

    तीमध्ये २४६ जना काठमाडौं उपत्यकाका रहेका छन् । उपत्यकामा काठमाडौं जिल्लामा २२०, ललितपुरमा २३ र भक्तपुरमा ३ जना रहेका छन् । उपत्यकाबाहिर बाँके र कास्कीमा ३२-३२ जना र नुवाकोटमा ११ जना भेटिएका छन् । 

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । तीमध्ये २ लाख ६० हजार १७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४०५ रहेको छ । 

    त्यसै गरि कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ, यससँगै हालसम्म १९४३ जनाले ज्यान गुमाईसकेका छन् । 

    हाल देशभर सक्रिय संक्रमितको संख्या ४४२६ रहेको छ । तीमध्ये ११२४ जना संस्थागत आइसोलेसनमा, १५२ जना आईसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    २०७७, माघ १ बिहिवार०५:१३:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार