बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल बौद्धमा शुरु

बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल बौद्धमा शुरु

२०८०, जेठ ३१ बुधवार

  • 1.1K
    SHARES

  • बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल बौद्धमा शुरु

    काठमाडौँ । टुसाल युवा क्लबद्वारा आयोजित श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ ।

    काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध टाउन प्लानिङको फुटबल मैदानमा भएको उक्त प्रतियोगितामा २८ वटा टिमले सहभागीता जनाएका छन्। प्रतियोगिताको एक कार्यक्रमका बीच प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले रेफ्रीलाई बल हस्तान्तरण गरि सुभारम्भ गरेका हुन्। 

    112.jpg

    श्री टुसाल युवा क्लबका अध्यक्ष विजय लामाको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा बिशेष अतिथिको रुपमा ओम तामाङ सुख दुस्ख गुठीका अध्यक्ष सुरज रुम्बा, सामुदायिक सेवा केन्द्र समितिका अध्यक्ष वीर बहादुर लामा बौद्ध भेट्रान क्लबका अध्यक्ष बिबेक लामा, टुसाल युवा क्लबका संरक्षक चन्द्र दिप लामा,श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तीमाया तामाङ, सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, पशुपतिनाथ (श्याम) खतिवडा, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्थानीय, खेलाडी र खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम संचालन समाजसेवी अनमोल श्रेष्ठले गरेका थिए ।

    खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा सहयोग पुगोस र खेलको माध्यमबाट विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथको प्रवर्द्धनमा समेत टेवा पुगोस भन्ने हेतुले सहयोग गरेको क्षेत्र विकास अध्यक्ष राजकुमार लामाले बताए। उनले खेलाडीलाई अनुसाशित भइ खेल कौशल देखाउन समेत अनुरोध गरेका थिए ।

    114.jpg

    श्री बौद्ध नाथ क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्यको संरक्षण सम्बर्धन प्रवर्दन गर्नुको साथै क्षेत्रमा विकास निर्माण, ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको र युवा तथा महिलाहरुको शिप बिकासका साथै विभिन्न सामाजिक अभियानहरु र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताएका थिए । उनले शिक्षा स्वास्थ्य लगायतको क्षेत्रलाइ पनि क्षेत्र विकास समितिले प्राथमिकतामा राखेको जानकारी गराएका थिए । 

    असार २ गते सम्म चल्ने उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार ५ सय ५५ रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दितीय हुने टिमले नगद रु २५ हजार ५ सय ५५ सहित ट्रफी मेडल  र प्रमाणपत्र प्राप्त गर्नेछ ।

    त्यसैगरि प्रतियोगितामा म्यान अफ दि म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेन्सलाई समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ ।

    २०८०, जेठ ३१ बुधवार०६:१३:०९
    प्रतिक्रिया
    सम्बन्धित समाचार