रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

२०७७, माघ २ शुक्रवार

  • 1.2K
    SHARES

  • रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    माघ २, ढाका ।

    बङ्लादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ । 

    आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थान विहिन भएको अधिकारीहरुले जानकारी दिएका छन् । कक्स बजारमा रहेको नयाँपारा रोहिंग्या शरणार्थी शिबिरमा भएको आगलागीपछि शरणार्थीहरु विस्थापित भएका हुन् ।
     
    सरकारी अधिकारीका अनुसार कम्तीमा ५०० टहरामा बस्ने शरणार्थी आगलागीका कारण प्रभावित बनेका छन् । आगलागीका कारण कुनै मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको उनीहरुको भनाइ छ ।

    शरणार्थी सहायता आयुक्त मोहम्मद शम्सद डौजाले स्थानीय समयअनुसार विहान ३ बजे आगलागी भएको जानकारी दिए । 

    “झण्डै दुई घण्टापछि मात्रै विहान ५ बजेतिर आगलागी नियन्त्रण गरिएको थियो, त्यति बेलासम्ममा रोहिंग्या शरणार्थीका झण्डै पाँच सय टहरा पूर्ण रुपमा जलेका थिए,” उनले भने ।  

    टहरा पनि जलेपछि त्यसमा बस्दै आएका हजारौँ शरणार्थीहरु अहिले हिँउदे जाडोको मारमा परेको प्रत्यक्षदर्शीले बताए ।

    उनीहरुलाई अहिले लगाउने, ओड्ने, ओच्छयाउने कपडा, बस्ने ठाउँ, खाद्य पदार्थको खाँचो रहेको र त्यसको व्यवस्थापन गरिदिने कार्य भइरहेको पनि उद्धार कार्यमा सम्लग्नहरुले जनाएका छन् । -एजेन्सी ।   

    २०७७, माघ २ शुक्रवार०६:४२:५६
    प्रतिक्रिया
    सम्बन्धित समाचार