साफ च्याम्पियनसिपको उपाधि भारतलाई

साफ च्याम्पियनसिपको उपाधि भारतलाई

२०८०, आषाढ २० बुधवार

  • 769
    SHARES

  • साफ च्याम्पियनसिपको उपाधि भारतलाई

    काठमाडौँ । भारतले १४ औँ साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

    मंगलबार राति बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै भारतले उपाधि जितेको हो ।

    निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

    शबैश अल खाल्दीले खेलको १४ औँ मिनेटमा गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    तर कुवेतले अग्रता जोगाउन सकेन । लल्लियान्जुआला चाग्तेले ३८ औँ मिनेटमा गोल गरी भारतलाई बराबरीमा ल्याए ।

    पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो ।

    भारतले योसहित नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

    २०८०, आषाढ २० बुधवार०८:०३:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार