श्रृजनशीलका जुडो खेलाडी र आश्रितलाई सहयोग

श्रृजनशीलका जुडो खेलाडी र आश्रितलाई सहयोग

२०८०, आषाढ ३१ आइतवार

  • 901
    SHARES

  • श्रृजनशीलका जुडो खेलाडी र आश्रितलाई सहयोग


    काठमाडौं, असार ३० गते । कागेश्वरी मनोहरा नगरपालिका वडा ९ स्थित श्रृजनशील बाल सेवा परिवारमा आश्रित जुडो खेलाडीका साथै अन्य आश्रितलाई शनिबार खाद्यान्न र विद्यालय पोशाक सहयोग स्वरुप प्रदान गरिएको छ । जुडो विश्व भ्रमण दलका सदस्य फ्रान्सका लाउरेन्ट डि अलोभिराले उपलब्ध गराएको सहयोग आश्रितलाई हस्तान्तरण गरिएको हो । सहयोगका लागि अस्ट्रेलियाको मेल्बर्नमा बस्दै आएका जुडो खेलाडी मोहन बमले पहल गरेका थिए । मोहनकै पहलमा विगत ३ वर्षदेखि लाउरेन्टले श्रजनशीलका आश्रितलाई सहयोग गर्दै आएका छन् ।
    सामाजिक तथा बालवालिकाको क्षेत्रमा कार्य गर्दै आएका संस्था किवानिज क्लब अफ एभरेष्ट, नेपाल, किवानिज क्लब अफ लालीगुराँस र किवानिज क्लब अफ सिन्धुपाल्चोकले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा किवानिज नेपालका डिस्ट्रिक्ट गभर्नर लक्ष्मण लम्साल, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितलगायले श्रृजनशीलकी अध्यक्ष उमादेवी बस्नेतलाई सामाग्री हस्तान्तरण गरे । सोही अवसरमा श्रृजनशीलमा निःशुल्क जुडो प्रशिक्षण गराइ रहेका जुडो प्रशिक्षक उत्तमप्रताप राणालाई प्रोत्साहन स्वरुप ६० हजार तथा आश्रितको विद्यालय पोशाकका लागि करिब ६४ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
    कार्यक्रममा अध्यक्ष बस्नेतले सहयोगका लागि लाउरेन्टलाई धन्यवाद दिदै पहल गरी दिएकोमा बमप्रति आभार प्रकट गरिन् ।
    बमले विगतमा पनि व्यक्तिगत तथा अन्यसंग सहयोग जुटाएर नेपाली जुडो र खेलाडीलाई सहयोग गर्दै आएका छन् । श्रृजनशीलमा करिब २० जना अनाथ आश्रित छन् । ति मध्ये १५ जना जुडो खेल्छन् ।

    सेलिशालाई आर्थिक सहयोग
    अखिल नेपाल टेबलटेनिस संघले क्यान्सरको उपचार गराइ रहेकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीलाई शनिबार उपचार खर्च सहयोग स्वरुप प्रदान गरेको छ ।
    लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले सेलिशाका पिता सुनीललाई ९ लाख ६० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
    टेबलटेनिस संघले सेलिशाको उपचार खर्च संकलन गर्न टेबलटेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरेको थियो । सेलिशाको उपचारमा सहयोग गर्न संघले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगता आयोजना गर्नुका साथै विभिन्न महानुभाव र संघ संस्थासंग आग्रह पनि गरिएको थियो ।
    सबैबाट संकलित ९ लाख ६० हजार रुपैयाँ उपचारका लागि हस्तान्तरण गरिएको टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । सेलिशाको भारतमा राजीव गान्धी अस्पतालमा उपचार भइरहेको छ ।

    २०८०, आषाढ ३१ आइतवार११:४८:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार