पाकिस्तानले उचाल्यो एसीसी इमर्जिङ कपको उपाधि, भारत १२८ रनले पराजित 

पाकिस्तानले उचाल्यो एसीसी इमर्जिङ कपको उपाधि, भारत १२८ रनले पराजित 

२०८०, श्रावण ७ आइतवार

  • 929
    SHARES

  • पाकिस्तानले उचाल्यो एसीसी इमर्जिङ कपको उपाधि, भारत १२८ रनले पराजित 

    काठमाडौँ । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ले जितेको छ । आइतबार राति भारत एलाई १२८ रनले हराउँदै पाकिस्तान एले उपाधि उचालेको हो ।

    तयाब ताहिरको शतकप्रेरित पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई ३५३ रनको लक्ष्य दिएको थियो ।

    आर प्रेमादासा रंगशालामा टस हारेपछि ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३५२ रनको योगफल खडा गरेको थियो । 

    पाकिस्तानको ब्याटिङमा ताहिरले १०८ रनको शतकीय इनिङ खेले । आक्रामक रूपमा ब्याटिङ गरेका ताहिरले ७१ बलमा १२ चौकार चार छक्का प्रहार गरे । साहिबजादा फर्हानले ६५ र सैम आयुबले ५९ रन बनाए । 

    मुबासिर खानले ३५ मोहम्मद वसिमले १७ र मेह्रान मुम्ताजले १३ रन थपे । पाकिस्तानका कसिम अक्रम भने गोल्डेन डक भएका थिए । 

    भारतका राजवर्धन हंगरगेकर र रियान परागले समान दुई विकेट लिए । हर्षित राना, मानव सुथर र निशान्त सिन्धुले एकरएक विकेट लिए ।

    यी दुवै टिम प्रतियोगिताको समूह ‘बी’मा थिए । उक्त समूहबाट भारत विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्दा पाकिस्तानलाई आठ विकेटले हराएको थियो । सेमिफाइनलमा भारतले बंगलादेश ‘ए’ लाई ५१ रनले र पाकिस्तानले श्रीलंका ‘ए’ लाई ६० रनले हराएको थियो ।

    २०८०, श्रावण ७ आइतवार१०:२३:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार