काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनद्वारा आयोजित सहिद स्मृति कप फुटसलको उपाधी नेपाल राष्ट्रिय शिक्षक संगठनले जितेको छ ।
राष्ट्रसेवाको दौरान जिवन आहुति दिने सहिद मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विकको स्मृतिमा श्रावण १३ -१४ गते काठमाडौंमा सम्पन्न प्रतियोगितामा नेपाल राष्ट्रिय कर्मचारी संगठनलाई सडेन डेथमा २-१ ले हराउदै शिक्षक संगठनले उपाधि जितेको हो ।

त्यस अघि निर्धारित गरिएको समयमा दुवै टिमले ३ -३ गोलको बराबरी खेलेका थिए ।
१५ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल कृषि विकास कर्मचारी संघले तृतिय स्थान प्राप्त गरेको थियो । खेल अवधिभर आकर्षक खेल प्रस्तुत गरेका शिक्षक संगठनकै निराज महर्जन उत्कृष्ट गोलकर्ता घोषित भए ।

विजयी टोलीमा सुरेन्द्र कुमार घिमिरे, शुक्र थापा, श्याम कुमार महर्जन, टिका कुमार खॅड्का, विजय तामाङ, नवराज सञ्जेल, निराज महर्जन, दिल कुमार महर्जन, प्रेमराज गुरुङ, सन्तोष थापा, अमृत कार्की, रुपचन्द्र विष्ट र समर्पण आले रहेका थिए ।
सहिद स्मृति दिवसको सन्दर्भ पारेर कर्मचारी संगठनले सप्ताहव्यापी कार्यक्रमको स्पमा हाजिरिजवाफ, वक्तृत्वकला लगाएतका विविध प्रतियोगिता संचालन गरेको थियो ।
