नगरपालिकाको लेटरप्याड किर्ते आरोपमा निजी विद्यालयका सञ्चालक पक्राउ

नगरपालिकाको लेटरप्याड किर्ते आरोपमा निजी विद्यालयका सञ्चालक पक्राउ

२०८०, श्रावण २० शनिवार

  • 1.1K
    SHARES

  • नगरपालिकाको लेटरप्याड किर्ते आरोपमा निजी विद्यालयका सञ्चालक पक्राउ

    काठमाडौँ। धनुषाको सबैला नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा एक निजी विद्यालयका सञ्चालकसहित दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सबैला नगरपालिका ४ स्थित युनाइटेड इन्टरनेशनल एकेडेमी इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक शत्रुधन कापर र प्याप्सनका नगर अध्यक्ष खुशिलाल महतो पक्राउ परेका हुन् । महतो क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका स्थायी बासिन्दा छन् ।

    उनी दुवै जना अहिले इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा छन् । नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा उजुरी परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    स्रोतका अनुसार नगरपालिकाको लेटरप्याड किर्ते गर्न सहयोग गरेका एक एक कम्प्युटर सेन्टरका सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

    २०८०, श्रावण २० शनिवार०८:४९:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार