वशिष्ठद्धारा डिनमा नवनियुक्त भट्टराईलाई बधाई ज्ञापन

वशिष्ठद्धारा डिनमा नवनियुक्त भट्टराईलाई बधाई ज्ञापन

२०७७, माघ ३ शनिवार

  • 3.7K
    SHARES

  • वशिष्ठद्धारा डिनमा नवनियुक्त भट्टराईलाई बधाई ज्ञापन

    माघ ३, काठमाडौं ।

    लायन्स क्लव अफ काठमाडौं वशिष्ठले पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इन्जिनियरिंग संकायको डिनमा नवनियुक्त देवी प्रसाद भट्टराईलाई बधाई तथा सम्मान व्यक्त गरेको छ । 

    कलवको आज बसेको नियमित बैठकमा क्लवका सदस्य समेत रहेका भट्टराईलाई भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय सदस्य राजेश भट्टराई र क्लवका चार्टर प्रेसिडेन्ट जेपी भट्टराईले संयुक्त रुपमा खादा तथा रुद्राक्षको माला लगाएर सम्मान गरे । 

    आफ्नो ४ वर्षे कार्यकालमा इन्जिनियरिंग संकायलाई उचाइमा पुर्याएरै छाड्ने घोषणा नवनियुक्त भट्टराईले गरेका छन् । यो विधामा रहेको आफ्नो लामो अनुभव थप फलदायी हुने समेत उनको विश्वास थियो ।

    क्लवका सदस्यहरु महत्वपुर्ण ओहदामा पुग्दा क्लवकै गरिमा थप बढेको र आगामी दिनमा क्लवले सशक्त कार्यक्रम संचालन गर्नु पर्नेमा सचिव अजित कुमार भट्टराईको जोड थियो । 

    २०७७, माघ ३ शनिवार०१:१०:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार