एसिया कप क्रिकेट : पाकिस्तानसँग बङ्गलादेश भारी अन्तरले पराजित

एसिया कप क्रिकेट : पाकिस्तानसँग बङ्गलादेश भारी अन्तरले पराजित

२०८०, भाद्र २१ बिहिवार

  • 949
    SHARES

  • एसिया कप क्रिकेट : पाकिस्तानसँग बङ्गलादेश भारी अन्तरले पराजित

    काठमाडौँ । एसिया कप अन्तर्गत सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको छ ।

    जितका लागि १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३९ ओभर ३ बलमा ३ विकेट गुमाउँदै भेटाएको थियो

    पाकिस्तानका इमाम उल हकले सर्वाधिक ७८ रन बनाए । मोहम्मद रिजवान ६३ र अघा सलमान १२ रनमा अविजित रहे । फखार जमाम २० र बाबर आजम १७ रनमा आउट भए । बङ्गलादेशका मेहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमदले एकरएक विकेट लिए । त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेश ३८ ओभर ४ बलमा १ सय ९३ रनमा अलआउट भयो ।

    बङ्गलादेशका मुश्फिकुर रहिमले सर्वाधिक ६४ रन जोडे । त्यस्तै, कप्तान सकिब अल हसन ५३ रनमा आउट भए । पाकिस्तानका हरिस रौफले ४ तथा नसिम शाहले ३ विकेट लिए ।

    सुपर फोरमा पाकिस्तान, बङ्गलादेश, भारत र श्रीलङ्का छन् । नेपाल र अफगानिस्तान समूहचरणबाटै बाहिरिए । 

    २०८०, भाद्र २१ बिहिवार०७:४७:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार