मेयर बालेन शाह टाइम म्यागजिनको १०० उदयीमान व्यक्तिको सूचीमा

मेयर बालेन शाह टाइम म्यागजिनको १०० उदयीमान व्यक्तिको सूचीमा

२०८०, भाद्र २८ बिहिवार

  • 1.0K
    SHARES

  • मेयर बालेन शाह टाइम म्यागजिनको १०० उदयीमान व्यक्तिको सूचीमा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा पर्न सफल भएका छन् ।

    प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौँ महानगरपालिकाका मेयर शाहलाई पनि समावेश गरेको छ ।

    म्यागजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम हन्ड्रेड नेस्क्ट’ सार्वजनिक गरेको हो ।

    सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गर्दै म्यागजिनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा शाहले योगदान दिएको बताएको छ ।

    ३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै ‘बालेन प्रभाव’ सिर्जना गरेको जिकिर गरेको छ ।

    टाइम म्यागजिनले कलाकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता, वकालतजस्ता विधामा समेत प्रभावशाली व्यक्ति छनोट गरेको छ । आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागजिनले टाइम १०० व्यक्तिको सूची तयार पारेको जनाइएको छ ।

    २०८०, भाद्र २८ बिहिवार०८:२१:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार