मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ६ घर जलेर नष्ट

मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ६ घर जलेर नष्ट

२०८०, आश्विन ६ शनिवार

  • 1.1K
    SHARES

  • मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ६ घर जलेर नष्ट

    काठमाडौँ । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ ।

    शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी)वीरेन्द्र थापाले जानकारी दिए ।

    राति १ बजे लागेको आगो बिहान साढे ४ बजे सुरक्षाकर्मी र स्थानीयवासीले नियन्त्रणमा लिएको उनले बताए ।

    डीएसपी थापाका अनुसार बजारका ६ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

    कुनै मानवीय क्षति नभएको तर ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको डीएसपी थापाले बताए ।

    २०८०, आश्विन ६ शनिवार०७:३२:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार