टी-२० विश्वकप छनोट : नेपाल आज यूएईसँग खेल्दै

टी-२० विश्वकप छनोट : नेपाल आज यूएईसँग खेल्दै

२०८०, कार्तिक १७ शुक्रवार

  • 885
    SHARES

  • टी-२० विश्वकप छनोट : नेपाल आज यूएईसँग खेल्दै

    काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

    खेल बिहान ११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी-२० विश्व कप खेल्न पाउनेछ ।

    नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्व कप पुग्न सकेको थिएन ।

    नेपाल र यूएईबीच ८ वटा टी-२० खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । नेपालले समूह चरणमा सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो तर हिजो भएको खेलमा ओमानसँग ५ रनले पराजित भएको थियो ।

    आजको खेलका लागि ३५ सय टिकट अनलाईनबाट बिक्री भईसकेका छन् । आयोजक क्यानले नेपालको बहुप्रतिक्षित खेल टिभीबाटै हेर्न आग्रह गरेको छ । 

    २०८०, कार्तिक १७ शुक्रवार०७:५३:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार