टी-२० विश्व कप क्रिकेट छनोटको उपाधिका लागि नेपाल र ओमान खेल्दै

टी-२० विश्व कप क्रिकेट छनोटको उपाधिका लागि नेपाल र ओमान खेल्दै

२०८०, कार्तिक १९ आइतवार

  • 989
    SHARES

  • टी-२० विश्व कप क्रिकेट छनोटको उपाधिका लागि नेपाल र ओमान खेल्दै

    काठमाडौँ । आइसिसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दै छन् ।

    खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ ।  नेपालले युएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् । समूह ‘ए’ मा रहेका दुवै टोली लिग चरणमा समेत भेटेका थिए । लिग चरणको खेलमा ओमानले नेपाललाई ५ रनले हराएको थियो ।

    ओमानसँग झिनो रनले पराजित भएको नेपाल समूह उपविजेता बनेर सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा युएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुनः ओमानसँग खेल्न लागेको हो ।

    प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टोली अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्व कपमा छनोट भइसकेका छन् ।

    २०८०, कार्तिक १९ आइतवार०७:४७:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार