टिकटक बन्द गर्ने सरकारको निर्णय

टिकटक बन्द गर्ने सरकारको निर्णय

२०८०, कार्तिक २७ सोमवार

  • 925
    SHARES

  • टिकटक बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं । नेपाल सरकारले हालका लागि नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।

    मन्त्रीपरिषद्को आज बिहान बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । 

    ‘आजैदेखि लागु हुनेगरी बन्द गर्ने निर्णय भएको छ। प्राविधको कुरा हो, हेरौँ बन्द हुन कति समय लाग्छ।’ मन्त्री शर्माले भनिन्।

    टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । छोटो समयमा निकै चर्चामा आएको यस समाजिक सञ्जाललाई भारत लगायत अन्य देशले यसअघि नै प्रतिवन्ध लगाइसकेका छन्।

    २०८०, कार्तिक २७ सोमवार०३:४७:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार