आठौं पटक विश्वकपको फाइनलमा अस्ट्रेलिया, दक्षिण अफ्रिका पुन: अभागी 

आठौं पटक विश्वकपको फाइनलमा अस्ट्रेलिया, दक्षिण अफ्रिका पुन: अभागी 

२०८०, मंसिर १ शुक्रवार

  • 781
    SHARES

  • आठौं पटक विश्वकपको फाइनलमा अस्ट्रेलिया, दक्षिण अफ्रिका पुन: अभागी 

    एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको छ। जितसँगै अस्ट्रेलिया एकदिवसीय विश्वकपमा आठौं पटक फाइनल प्रवेश गर्न सफल भयो।

    दक्षिण अफ्रिका भने पुन एकपटक अभागि सावित हुँदै पाँचौं पटक सेमिफाइनलबाटै घर फर्कियो। कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २ सय १३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। डेभिड मिलरले शतक प्रहार गरेपनि दक्षिण अफ्रिका उच्च स्कोर बनाउन भने असफल भयो।

    जवाफमा संघर्षपूर्ण रुपमा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४७.२ ओभरमा लक्ष्य पुरा गर्‍यो। अस्ट्रेलियाका लागि ट्रेभिस हेडले ६२ रन बनाउँदा डेभिड मिलरले २९ रन बनाए। त्यस्तै स्टिभ स्मिथले ३० रन तथा मार्नुस लबुसेनले १८ रन बनाए। थप दोहोरो स्कोरका रुपमा जोस इंग्लिसले २८ रन बनाउँदा मिचेल स्टार्क १६ तथा कप्तान प्याट कमिन्स १६ रनमा नटआउट रहे।

    त्यसअघि कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २ सय १२ रन बनाउँदा अलआउट भयो। खराब सुरुवातका बाबजुत हेनरीच क्लासेनले ४७ तथा डेभिड मिलरले १ सय १ रनको इनिङ खेल्दा दक्षिण अफ्रिका केही समालियो पछिल्लो क्रमले समेत गतिलो स्कोर बनाउन नसक्दा २ सय १२ रनमै समेटियो।

    अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्यान कमिन्सले समान ३(३ विकेट लिंदा जोस ह्याजलवुड र ट्रेभिस हेडले समान २(२ विकेट लिएका थिए। अब उपाधिका लागि अस्ट्रेलियाले आइतबार आयोजक भारतसँग अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा गर्ने छ।

    २०८०, मंसिर १ शुक्रवार०८:३७:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार