भारतलाई घरेलु मैदानमा स्तव्ध बनाउँदै अष्ट्रेलिया छैठौंपटक विश्व च्याम्पियन

भारतलाई घरेलु मैदानमा स्तव्ध बनाउँदै अष्ट्रेलिया छैठौंपटक विश्व च्याम्पियन

२०८०, मंसिर ४ सोमवार

  • 1.2K
    SHARES

  • भारतलाई घरेलु मैदानमा स्तव्ध बनाउँदै अष्ट्रेलिया छैठौंपटक विश्व च्याम्पियन

    काठमाडौं । भारतलाई घरेलु मैदानमा स्तव्ध बनाउँदै अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ ।

    आइतबार राती सम्पन्न भएको १३ औँ संस्करणको फाइनलमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्यो । अस्ट्रेलियाले छैठौंपटक एक दिवसीय विश्वकप जितेको हो ।

    भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका लागि प्रारम्भिक ब्याट्सम्यान ट्राभिस हेडले १३७ रन बनाए । मार्कस लाबुसचाग्नीले अविजित ५८ रन जोडे। यी दुईबीच चोथो विकेटका लागि १९५ रनको साझेदारी भयो ।

    त्यसअघि अष्ट्रेलिया ४७ रनमा तीन विकेट गुमाएर दबाबमा आएको थियो । डेभिड वार्नर ७, स्टिभन स्मिथ ४ र मिचेल मार्स १५ रन बनाएर आउट भए । भारतका जसप्रित बुमराहले २ र मोहम्मद सामीले एक विकेट लिएका थिए ।

    अष्ट्रेलियाले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्ने जिम्मा दिएको थियो । भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन जोड्यो ।

    भारतका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४ र रोहित शर्माले ४७ रन बनाएका थिए । १० औँ ओभरमा ग्लेन म्याक्सवेलको बलमा लगातार छक्का र चौका प्रहार गरि आक्रामक खेल जारी रहँदा अर्को बलमा खराब सटका कारण उनी आउट भए ।

    त्यसको लगत्तै अर्को ओभरमा श्रेयस अयर आयट भए पछि भारत सम्हालिएन ।  

    हरेक चार वर्षमा आयोजना हुने एक दिवसीय विश्वकप अष्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा जितेको थियो । 

    प्रतियोगितामा उत्कृष्ट बलर र व्याटसम्यान क्रमशः भारतका मोहम्मद शामी २४ विकेट र विराट कोहली ७६५ रन बनाएर जिते । 

    २०८०, मंसिर ४ सोमवार०५:१०:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार