स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन मन्त्री बस्नेतको निर्देशन

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन मन्त्री बस्नेतको निर्देशन

२०८०, मंसिर २५ सोमवार

  • 705
    SHARES

  • स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन मन्त्री बस्नेतको निर्देशन

    काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

    मन्त्रालयमा आयोजित कार्यक्रममा उनले नवनियुक्त बोर्डका अध्यक्ष डा गुणराज लोहनी तथा सदस्यहरू डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    मन्त्री बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नवनियुक्त अध्यक्ष र सदस्यलाई निर्देशन दिए ।

    मन्त्रालयले बीमा कार्यक्रम प्राथमिकता राखेको भन्दै उनले बीमा कार्यक्रमलाई अझै व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताए । मन्त्री बस्नेतले स्वास्थ्य बिमालाई सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

    २०८०, मंसिर २५ सोमवार०६:१७:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार