वीर अस्पतालका निर्देशक डा.पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वीर अस्पतालका निर्देशक डा.पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२०८०, पौष ३ मंगलवार

  • 877
    SHARES

  • वीर अस्पतालका निर्देशक डा.पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले डा सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।

    न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज डा पौडेललाई निर्देशक पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो।

    सो मन्त्रालयले गत मङ्सिर १४ गते डा पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध डा पौडेलले सर्वोच्च अदालतमा रिट निवदेन दायर गरेका थिए।

    २०८०, पौष ३ मंगलवार०८:४९:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार