बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

२०७७, माघ ५ सोमवार

  • 2.4K
    SHARES

  • बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

    माघ ५, सिमकोट । 

    बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

    माघ १ गते च्यादुक गाउँमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएपछि ती पुरुषलाई धारापोरी प्रहरीचौकीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिमकोटमा पुर्याएको जिल्ला प्रहरी हुम्ला स्रोतले जानकारी दिएको छ ।

    आरोपित पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । ती पीडित महिलाको माघ २ गते जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पताल हुम्लाले स्रोतले बताएको छ । 

    २०७७, माघ ५ सोमवार१०:३९:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार