वीर अस्पतालमा आवश्यकता भन्दा बढी मन्त्री बस्नेतले चासो दिँदा परिस्थिति जटिल बन्ने आशंका 

वीर अस्पतालमा आवश्यकता भन्दा बढी मन्त्री बस्नेतले चासो दिँदा परिस्थिति जटिल बन्ने आशंका 

२०८०, पौष २७ शुक्रवार

  • 801
    SHARES

  • वीर अस्पतालमा आवश्यकता भन्दा बढी मन्त्री बस्नेतले चासो दिँदा परिस्थिति जटिल बन्ने आशंका 

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा आवश्यकता भन्दा बढी चासो दिँदा परिस्थिति काबु बाहिर जाने संकेत देखिएको छ । 

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको भन्दै भडकावपूर्ण अभिव्यक्ति दिएका छन् ।

    उनले भने, “मलाई बद्नाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ । ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ ।”

    मन्त्रीको बोली नै अत्यन्तै रुखो देखिनु अनिष्टको बादल मडारिएको महशुस आफुलाई भएको कर्मचारीले बताएका छन् । 

    महिलाको स्तन क्यान्सर भएरनभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिहान ८ बजेदेखि ओपिडी सेवाको सुरुआत र विशिष्ट व्यक्तिहरुको उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको बताए । यद्यपि वर्गविभेद हुने र प्रष्ट कार्यविधि नबन्दा थप जटिलता थपिनेमा विज्ञहरुले प्रश्न गरेका छन् । 

     

    २०८०, पौष २७ शुक्रवार०६:५३:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार