एसिसी महिला प्रिमियर कप क्रिकेट : नेपाल मलेसियासँग पराजित

एसिसी महिला प्रिमियर कप क्रिकेट : नेपाल मलेसियासँग पराजित

२०८०, फाल्गुण ४ शुक्रवार

  • 757
    SHARES

  • एसिसी महिला प्रिमियर कप क्रिकेट : नेपाल मलेसियासँग पराजित

    काठमाडौ । एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । जितका लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

    मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ६९ रनको योगदान दिइन् । उनले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताएकी हुन् । त्यस्तै मास एलिसाले १३ रन जोडदा महिराह इजाती १६ र वान जुलिया ११ रनमा आउट भइन् ।

    नेपालका लागि सीता रानामगर र  कविता जोशीले समान दुई रदुई विकेट लिए भने रुविना क्षेत्री र  कविता कुँवरले समान १- १ एक विकेट लिए ।

    त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको  थियो । 

    नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन् । डली भट्टले  १४ बलमा १ चौका र २ छक्कासहित २५ रन बनाइन् । सीता रानामगरलाई ६ रनमा आउट भएकी थिइन् । कविता कुवरले ३१ बलमा २ चौकासहित २३ रन बनाइन् भने रुविना क्षेत्रीले १८ बलमा २ चौकासहित २० रन जोडिन्  ।

    मलेसियाकी महिराह इजाती इस्मालील २ विकेट लिइन् भने विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् । 

    आजै भएको अर्को सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुगेको छ । यो जितसँगै मलेसिया र युएई एसिया कपमा छनोट भएका छन् । नेपाल भने प्रतियोगिताबाट बहिरिएको छ ।

    २०८०, फाल्गुण ४ शुक्रवार०९:५२:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार