विश्वकप लिग- २ : नेपालले टस हार्यो, नामिबियासँगको खेलमा पहिले ब्याटिङ गर्दै 

विश्वकप लिग- २ : नेपालले टस हार्यो, नामिबियासँगको खेलमा पहिले ब्याटिङ गर्दै 

२०८०, फाल्गुण ९ बुधवार

  • 693
    SHARES

  • विश्वकप लिग- २ : नेपालले टस हार्यो, नामिबियासँगको खेलमा पहिले ब्याटिङ गर्दै 

    काठमाडौं । जारी विश्वकप लिग-२ को तेस्रो खेलमा नेपालले नामिबियासँग टस हारेको छ। बुधबार बिहान त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको टसमा नामिबियाले जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो। नेपालले नेदरल्यान्ड्स विरुद्धको प्लेइङ ११ मा रहेका गुल्सन झालाई बाहिर राख्दै करण केसीलाई मैदानमा उतारेको छ।

    त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो। यद्यपि नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले हराएको नेपाल लिग अंक तालिकामा शीर्ष स्थानमा छ।

    नामिबियालाई पराजित गर्दै जारी लिग-२ मा आफ्नो पहिलो सिरिजमा दबाबपूर्ण सुरुवातको लक्ष्यमा नेपाली टोली रहेको छ। त्रिवि क्रिकेट मैदानमा पछिल्ला तीन खेलमा टस जितेर पछि ब्याटिङ गर्ने टिम विजयी भएकाले आज पनि टस जित्ने टिमले पहिले फिल्डिङ गर्ने सम्भावना बलियो छ।

    २०२२ को डिसेम्बरमा भएको खेल बिना नतिजा सकिएको थियो भने २०२२ को ७ डिसेम्बरमा भएको खेलमा नामिबिया ८६ रनले विजयी भएको थियो। त्यसपछि २०२३ को फेब्रअरी १४ मा २ विकेट र १८ फेब्रुअरीमा ३ विकेटले नेपाल विजयी भयो। पछिल्लो पटक गत १५ फेब्रुअरीमा यही सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल १०१ बल बाँकी हुँदै ४ विकेटले हारेको थियो।

    यस्तो छ नामिबिया सँग खेल्ने नेपालको प्लेइङ ११ : 

    कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, सोमपाल कामी, करण केसी, ललित राजवंशी, अनिल साह, देव खनाल, दीपेन्द्रसिंह ऐरी

    २०८०, फाल्गुण ९ बुधवार०९:००:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार