भट्टराई कुलवंशको महाधिवेशनमा झगडा, निर्वाचन कार्यक्रम स्थगित

भट्टराई कुलवंशको महाधिवेशनमा झगडा, निर्वाचन कार्यक्रम स्थगित

२०८०, चैत्र १८ आइतवार

  • 3.5K
    SHARES

  • भट्टराई कुलवंशको महाधिवेशनमा झगडा, निर्वाचन कार्यक्रम स्थगित

    भरतपुर । भट्टराई कुलवंश प्रतिष्ठानको दशौं केन्द्रीय महाधिवेशनमा झगडा भएको छ । 

    चैत्र १६ गते शुक्रवार चितवनको देवघाटमा सौहार्द्ध रुपमा शुरु भएको महाधिवेशनको दोस्रो दिन अर्थात शनिवार निर्वाचन कार्यक्रम जारीरहँदा झगडा भएको हो । 

    चर्को गर्मीले अतालिएका प्रतिनिधिहरुले प्रदेश अध्यक्षहरुको छलफलबाट आएको पदाधिकारी सम्बन्धी प्रस्तावलाई अस्विकार गर्दै झगडा, कागजात तथा निर्वाचन सामाग्री समेत नष्ट गरेका हुन् । 

    देशका ७० भन्दा बढी जिल्ला र प्रवासमा समेत संगठित भएका भट्टराई दाजुभाई, दिदीबहिनीहरुको भावना भन्दा बाहिर गएर प्रदेश अध्यक्षहरुले हठात रुपमा समिति घोषणा गर्न निर्वाचन समितीलाई दबाब दिँदा उक्त घटना घट्न पुगेको प्रतिनिधि अशोक भट्टराईले बताए ।

    त्यस्तै, यस पटकको महाधिवेशनमा राजनीतिको गन्ध आउँदा प्रतिनिधीले ठाडै अस्विकार मात्र गरेनन्, आगामी दिनमा यस्तो गन्ध आए चर्को प्रतिवाद गर्ने संकेतको रुपमा बुझ्न समेत अर्का प्रतिनिधी ज्ञानु भट्टराईले चुनौति दिए ।

    33.jpg

    प्रतिष्ठानको अध्यक्षमा ३० वर्ष देखि शेर बहादुर भट्टराई रहेका छन् । उनी यो महाधिवेशनमा पनि अन्तिम पटक भन्दै अध्यक्षका आकांछी थिए । नवौँ महाधिवेशन सम्म संस्थापक अध्यक्षको रुपमा वंश नं २२ रहेका अध्यक्ष भट्टराई सर्वस्विकार्य रहेपनि दशौं महाधिवेशनमा संस्थापक नेतृत्व र युवा तथा प्रविधिमैत्री पुस्ता रहेको मिश्रित नेतृत्व स्थापित गर्न प्रतिनिधीले चर्को दबाब बढाएका थिए । 

    यसपटक नेतृत्व चयन गर्दा अध्यक्ष भट्टराईले कुलवंशीय यात्रामा लामो साथ दिएका दुर्गा प्रसाद भट्टराईलाई अघि सार्लान्, या उनी अध्यक्ष बसेर सर्वस्विकार्य हुनेगरि पदाधिकारी चयन गर्लान् भन्ने अपेक्षा प्रतिनिधीको थियो । 

    यता अघिल्लो महाधिवेशनमा निकै रस्साकस्सी पश्चात वरिष्ठ उपाध्यक्ष बनेका दिनेश भट्टराईले पनि अध्यक्षमा चर्को दाबी बढाएका थिए ।

    निर्वाचन समितीले आवश्यक प्रक्रिया र चनाखो साथ काम नगरि हठात शेर बहादुर भट्टराई अध्यक्ष र उनी पक्षिय भनेर चिनिएका जिवराज भट्टराईलाई महासचिव र महासचिवका रुपमा लोकप्रिय उमेदवार देखिएका मनोज कुमार भट्टराईलाई सहमति बेगरै सचिवमा घटुवा गरि नाम घोषणा गरेपछि अप्रिय घट्ना घट्न पुगेको हो ।

    उक्त असहज परिस्थितिका वीच अध्यक्षका अर्का आकांछी दिनेश भट्टराईले समेत सहजिकरण नगरि प्रतिनिधी भड्काउने गरि उत्तेजित भाषण गर्न थालेपछि परिस्थिति काबु भन्दा बाहिर गएको अर्का प्रतिनिधि गोविन्द भट्टराईले बताए ।

    तत्पश्चात निर्वाचन समतिले काबु बाहिरको परिस्थिति जनाउँदै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो । 

    22.jpg

    २०८०, चैत्र १८ आइतवार०१:४१:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार