क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एक जना पक्राउ

क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एक जना पक्राउ

२०८०, चैत्र २३ शुक्रवार

  • 797
    SHARES

  • क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एक जना पक्राउ

    काठमाडौं । नेपालमा अवैध मानिने क्रिप्टोकरेन्सीबाट कारोबार गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका ८ घर भई काठमाडौं टोखा बस्ने ५४ वर्षीय शनि भण्डारी रहेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बिहान टोखाबाट उहाँलाई पक्राउ गरेको हो ।

    उनले क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नुभएका भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    २०८०, चैत्र २३ शुक्रवार०७:३५:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार