आज नेपाल लिग चरणको अन्तिम खेल बरोडासँग भिड्दै

आज नेपाल लिग चरणको अन्तिम खेल बरोडासँग भिड्दै

२०८०, चैत्र २३ शुक्रवार

  • 701
    SHARES

  • आज नेपाल लिग चरणको अन्तिम खेल बरोडासँग भिड्दै

    काठमाडौँ । भारतमा जारी फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज बरोडासँग खेल्दैछ। 

    लिग चरणको अन्तिम खेल नेपाली समयअनुसार २: ४५ बजे मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुनेछ। 

    प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनमा पुगिसकेको छ भने बरोडा भने जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ। नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ट लयलाई समात्दै बरोडालाई २७ रनले पराजित गरेको थियो। 

    तेस्रो खेलमा बुधबार गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा पुगेको थियो। नेपालले शतप्रतिशत जितसहित ६ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ। दुवै खेलमा बरोडालाई पराजित गरेको गुजरातको भने ४ अङ्क रहेको छ। 

    २०८०, चैत्र २३ शुक्रवार०७:४२:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार