तम्बा सङ्घ नेपालद्वारा तीन दिने कार्यशाला गोष्ठी सुरु 

तम्बा सङ्घ नेपालद्वारा तीन दिने कार्यशाला गोष्ठी सुरु 

२०८०, चैत्र २६ सोमवार

  • 789
    SHARES

  • तम्बा सङ्घ नेपालद्वारा तीन दिने कार्यशाला गोष्ठी सुरु 

    काठमाडौं । तम्बा सङ्घ नेपालद्वारा तीन दिने कार्यशाला गोष्ठीको आईतवार उद्घाटन भएको छ ।

    काठमाडौँको बौद्धनाथ परिसरमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उद्घाटन गरेको कार्यक्रममा आर्थिक सहयोग बौद्धनाथ क्षेत्र विकास समितिको रहेको छ । 

    उद्घाटन सत्रलाई सम्बोधन गर्दै क्षेत्र विकासका अध्यक्ष लामाले बौद्धनाथ क्षेत्र विकास समितिले तामाङ समुदायको भाषा संस्कृति संरक्षणमा टेवा पुर्‍याउने कार्य गर्दै आइरहेको बताए ।

    33.jpg

    तीन दिनसम्म चल्ने गोष्ठीमा तम्बा सम्बन्धी प्रशिक्षण‚ ज्ञान‚ सीप लगायतका विषयमा चर्चा परिचर्चा र साटासाट गरिने आयोजकले जनाएको छ ।

    सङ्घका अध्यक्ष धावावाङ्गेल मोक्तानका अनुसार डा. मुक्तसिंह थोकर र परशुराम तामाङले ‘तामाङ रिमठिम र तम्बाको भूमिका’, बुद्धछिरिङ मोक्तान र धावावाङ्गेल मोक्तानले ‘छेवर–अभ्यास र व्यवहारिक पक्ष साथै विवाहको सैद्धान्तिक पक्ष’ वीरबहादुर घिसिङले ‘तम्बा नृत्य अभ्यास’ र खोजराज गोलेले ‘तामाङ ज्ञान सत्ता र तम्बा’ विषयमा प्रशिक्षण गरिनेछ ।

    कार्यक्रममा रामेछाप‚ दोलखा‚ सिन्धुपाल्चोक‚ काभ्रे‚ मकवानपुर‚ सिन्धुली लगायतबाट तम्बाखोरका सदस्यहरू सहभागी भएका छन् ।

    22.jpg

    २०८०, चैत्र २६ सोमवार०८:३४:२९
    प्रतिक्रिया
    सम्बन्धित समाचार