क्षेत्र विकास समितिको आयोजनामा बुद्ध जयन्ती मूल समारोह समिति गठन

क्षेत्र विकास समितिको आयोजनामा बुद्ध जयन्ती मूल समारोह समिति गठन

२०८१, बैशाख २५ मंगलवार

  • 1.2K
    SHARES

  • क्षेत्र विकास समितिको आयोजनामा बुद्ध जयन्ती मूल समारोह समिति गठन

    बौद्ध । बौद्ध धर्मावलम्बीहरुको महान पर्व बुद्ध जयन्ती मनाउन क्षेत्र विकास समितिको आयोजनामा बुद्ध जयन्ती मूल समारोह समिति गठन भएको छ । 

    सोमवार श्री बौद्धनाथ क्षेत्र विकास समितिको सभाहलमा भएको स्थानिय गुठी, संघसंस्था, सुरक्षा निकाय तथा समाजसेवी एवं वुद्धिजिवीहरुको भेलाले तामाङ्ग कल्याण गुठीको संयोजकत्वमा पर्व व्यवस्थापन मूल समारोह समिति बनाउने निर्णय गरेको हो ।

    विक्रम संवत् २०८१ साल जेठ १० गते अर्थात वैशाख पूर्णिमा गौतम बुद्धको २५६८औं जन्म जयन्तीको दिनको अवसर पारेर मनाउन लागिएको जन्म जयन्ती भव्य र सभ्य बनाउने उद्धेश्यले मूल समारोह समिति निर्माण गरिएको क्षेत्र विकास समिति अध्यक्ष राजकुमार लामाले बताए ।

    'प्राचिनकालमा मल्ल राजाहरू हिन्दु तथा बौद्ध दुवै धर्मलाई आफ्नो मातृधर्म जस्तो मान्यता गर्थे । तसर्थ हामी सबै मिलेर कार्यक्रम गर्नुपर्छ, एकढिक्का हुनुपर्छ । सबैजना मिलेर कार्यक्रम गर्नुपर्छ । अन्य सबै धर्मावल्म्बीलाई पनि जोड्ने अवसरको रुपमा जन्म जयन्ती पर्वलाई लिईनु पर्छ', काठमाडौं महानगरपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामाले बताए । 

    44.jpg

    नेपालमा बौद्ध धर्ममा आवद्ध जातजातिमा शाक्य, ज्यापू, मानन्धर, बज्राचार्य, शेर्पा, तामाङ, थकाली, थारू र कतिपय मगर, गुरूङहरू बौद्धधर्मलाई आफ्नो आदि धर्म मान्ने गरेका र जनसंख्याका दृष्टिले नेपालमा हिन्दुहरूको संख्या ८५ प्रतिशतभन्दा धेरै भए तापनि अधिकांश हिन्दुहरूमा बौद्ध धर्मावलम्बीप्रति सम्मान एवं आस्था रहेको आफुले पाएको क्षेत्र विकास समिति अध्यक्ष लामाले बताए । 

    यस अवसरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियकरण गर्ने उद्धेश्यले हाजिरिजवाफ, वक्तृत्वकला, प्रवचन लगायतका कार्यक्रम समेत आयोजना गरिने उनको भनाई छ । 

    राजा महेन्द्रले २०१३ सालको लुम्बिनी भ्रमणपछि बुद्धको जन्मथलो लुम्बिनीमा काटमार नगर्ने निर्देशन दिएर यसलाई अनिवार्य बनाए । बुद्धका उपदेश, व्याख्या र बौद्धधर्मका सिद्धान्त अहिलेको संसारमा व्यापक हुनुका साथै सम्मान समेत बढेको छ ।

    नेपालका बज्रयानी बौद्धहरू देवीदेवताको पूजा गर्छन् र दसैँमा पनि पूजाआजा गरी चाड मनाउँछन् । भगवान् बुद्धलाई बिष्णुको अवतारका रूपमा मानिन्छ । बौद्धहरू पशुपतिनाथलाई घोलाङवाकछयूक भनेर मान्छन्, गुहेश्वरीलाई फामाडोलछयूक भन्छन् ।

    बौद्ध धर्मबाट प्रभावित भएर भारतीय जनता पार्टीका नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जन्मदिनका दिन गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आएर ध्यानमग्न भएर बसेका थिए । 

    २०८१, बैशाख २५ मंगलवार०९:३९:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार