भक्तपुर । सूर्यविनायक नगरपालिकामा शिक्षकहरुका लागि एक हप्ते आधारभुत स्काउट तालिम संचालन हुने भएको छ ।
पालिका भित्र पर्ने सबै सामुदायिक तथा संस्थागत माध्यमिक तहका शिक्षकहरुलाई केन्द्रित गरि आधारभूत तालिम (BTC/PTC) संचालन हुने भएको हो ।
तालिम जेठ ७ गते देखि १२ गते सम्म स्थानिय स्काउटको कार्यालय सूर्यविनायकमा हुने शिक्षा शाखा प्रमूख रत्न कटुवालले बताएका छन् ।
सूर्यविनायक नगरपालिका शिक्षा क्षेत्रमा नयाँ नयाँ प्रयोगको अग्रणी पालिकाको रुपमा दर्ज हुँदै आएको छ ।
