इंग्लिस प्रिमियर लिगको उपाधि सिटीलाई

इंग्लिस प्रिमियर लिगको उपाधि सिटीलाई

२०८१, जेठ ७ सोमवार

  • 785
    SHARES

  • इंग्लिस प्रिमियर लिगको उपाधि सिटीलाई

    लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। आइतबार राति भएको लिगचरणको अन्तिम खेलमा सिटीले वेस्टह्यामलाई ३-१ ले पराजित गर्दै लगातार चौथो पटक उपाधि जितेको हो। इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि  जित्ने सिटी पहिलो टिम बनेको छ। सिटीको जितमा फिल फोडेनले दुई गोल गर्दा रोड्रिले अर्को एक गोल गरेका थिए।

    सिटीले जितसँगै ३८ खेलबाट ९१ अङ्क बनायो भने समान खेलबाट आर्सनल ८९ अङ्कका साथ दोस्रो स्थानमा रह्यो। त्यस्तै लिभरपुल ८२ अङ्कका साथ तेस्रो र एस्टन भिल्ला ६८ अङ्कका साथ चौंथो स्थानमा रहेर च्याम्पियन्स लिगका लागि छनोट भए। लिगमा लुटन टाउन, बर्नली र सेफिल्ड युनाइटेड रेलिगेशनमा परे।

    इथाइड स्टेडियममा अन्तिम सिटीबजेसँगै घरेलु समर्थक मैदान प्रवेश गरेर खुसी साँटेका थिए। आफ्ना समर्थकसँग सिटीका खेलाडीहरु समेत मैदानमा लगातार चौंथो उपाधिमा झुमे। प्रशिक्षक पेप ग्वार्डिओलाले लगातार चौंथो संस्करण सिटीलाई च्याम्पियन बनाउँन सफल भएका हुन्।

    अन्तिम खेल सम्म उपाधि होडमा रहेको आर्सनल भने एभर्टनलाई २-१ ले पराजित गरेपनि अङ्क तालिकामा २ अङ्कले पछि रहँदै दोस्रो स्थानमा रहन बाध्य भयो। खेलमा इद्रीसा गुएको गोलमार्फत एभर्टनले ४० औं मिनेटमा अग्रता बनाएको थियो तर जापानी खेलाडी तकिहिरो तोमियासुको गोलमा आर्सनलले ४३ औं मिनेटमा बराबरी गोल फर्काएको थियो। आर्सनलका लागि विजयी गोल भने ८९ औं मिनेटमा काइ हावर्टले गरेका थिए।

    उपाधि जित्ने क्रममा सिटी भने सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको थियो। उसले दोस्रो मिनेटमै अग्रता लिएको थियो। बर्नान्डो सिल्भाको पासलाई फिल फोडेनले गोल गर्दै सिटीलाई सुरुवातमै अग्रता दिलाए। लगतै सिटीले १८ औं मिनेटमा फोडेनकै गोलमा अग्रता दोब्बर बनायो। डोकुको पासलाई फोडेनले ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए। तर पहिलो हाफमै वेस्टह्यामले एक गोल फर्कायो। उसका लागि मोहम्मद कुडुसले ४२ औं मिनेटमा दोस्रो गोल फर्काएका थिए।

    तर दोस्रो हाफमा सिटीले पुन अग्रता बढायो। ५९ औ मिनेटमा सिटीका लागि बर्नान्डो सिल्भाको पासलाई रोड्रीले गोल गर्दा सिटीले ३-१ को अग्रता बनायो। जुन अग्रता कायम राख्दा सिटी च्याम्पियन बन्यो। -एजेन्सी । 

    २०८१, जेठ ७ सोमवार०७:३१:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार