आइपिएल फाइनल : १० वर्षपछि कोलकाता च्याम्पियन,हैदराबादमाथि रवाफिलो जित

आइपिएल फाइनल : १० वर्षपछि कोलकाता च्याम्पियन,हैदराबादमाथि रवाफिलो जित

२०८१, जेठ १४ सोमवार

  • 681
    SHARES

  • आइपिएल फाइनल : १० वर्षपछि कोलकाता च्याम्पियन,हैदराबादमाथि रवाफिलो जित

    एजेन्सी । इन्डियन प्रिमियर लिग ९आइपिएल० को १७ औं संस्करणको उपाधि कोलकाता नाइटराइडर्सले जितेको छ। तेस्रो पटक उपाधि जित्ने क्रममा कोलकाताले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै १० वर्षपछि उपाधि जितेको हो।

    यसअघि कोलकाताले सन् २०१४ मा किंग्स इलेभेन पञ्जाबलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो। त्यसअघि कोलकाता २०१२ मा च्याम्पियन बनेको थियो। पहिलो पटक च्याम्पियन बन्ने क्रममा कोलकाताले चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको थियो।

    आइपिएल फाइनलको ‘लो स्कोरिङ’ खेलमा हैदराबादले कोलकातालाई १ सय १४ रनको सामान्य लक्ष्य दिएको थियो। उक्त लक्ष्य कोलकाताले १०.३ ओभरमै २ विकेट गुमाएर पुरा गरेको थियो। यसअघि २०१७ को सिजनमा मुम्बईले राइजिङ्ग सुपर जायन्ट्स पुने विरुद्ध फाइनलमा १ सय २९ रन बनाएको थियो।

    हैदराबादले चेन्नईको चेपाक मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। उसलाई सस्तैमा समेट्ने क्रममा १८.३ ओभरमा कोलकाताले १ सय १३ रन जोड्दा अलआउट गरेको थियो। उसका लागि प्याट कमिन्सले २४ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक एइडन माक्रमले २० रन बनाउँदा हेनरिच क्लासेनले १६ रन बनाएका थिए। हैदराबादलाई सस्तैमा समेट्ने क्रममा आन्द्रे रसेलले ३ विकेट लिंदा मिचेल स्टार्क र हर्सित रानाले समान २(२ विकेट लिएका थिए।

    जवाफमा कोलकाताले उक्त लक्ष्य कोलकाताले ५७ रन बाँकी हुँदै २ विकेट गुमाएर पुरा गर्‍यो। कोलकाताको सहज जितमा बेंकटेस अय्यरले ५२ रनको नटआउट इनिङ खेल्दा ओपनर रहनुल्लाह गुर्वाजले ३९ रन बनाए।

    २०८१, जेठ १४ सोमवार०८:२५:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार