नेपालले अन्तिम अभ्यास खेल अमेरिकासँग खेल्दै

नेपालले अन्तिम अभ्यास खेल अमेरिकासँग खेल्दै

२०८१, जेठ १७ बिहिवार

  • 769
    SHARES

  • नेपालले अन्तिम अभ्यास खेल अमेरिकासँग खेल्दै

    काठमाडौं । नेपालले टी-२० विश्वकप अघिको आफ्नो दोस्रो तथा अन्तिम ‘वार्म अप’ खेलमा आज बिहीबार अमेरिकाको सामना गर्दैछ। नेपाली समयअनुसार आज राति ९:१५ मा डालसको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ।

    यसअघि नेपालले आइसीसीको आधिकारीक अभ्यास अन्तर्गत सोमबार भएको पहिलो खेलमा क्यानाडासँग ६३ रनले पराजित भएको थियो। सोही मैदानमा‌‌ मंगलबारका‌ लागि तय अमेरिका र बंगलादेशबीचको‌ वार्म अप खेल भने वर्षाका कारण रद्द भएको थियो।

    डालास आउनुअघि ह्युस्टनमा भएको ३ खेलको श्रृंखलामा अमेरिकाले बंगलादेशलाई‌ २-१ ले हराएको थियो।

    विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले ५ जुनमा नदेरल्यान्ड्स सँग आफ्नो पहिलो खेल खेल्ने छ। नेपाल रहेको समूह ‘डी’ मा बंगलादेश, दक्षिण अफ्रिका श्रीलंका र नेदरल्यान्डस् रहेका छन्।

    २०८१, जेठ १७ बिहिवार०८:४६:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार