बौद्ध । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा जेष्ठ नागरिक लक्षित ३ दिने नि:शुल्क स्वास्थ्य परिक्षण एवं औषधी वितरण कार्यक्रम संचालन हुने भएको छ ।
अघिल्लो महिना नै एक चरणको स्वास्थ्य सिविर संचालन गरेको क्षेत्र विकासले पुनः काठमाडौं ६ नं वडाका स्थानिय जेष्ठ नागरिकको आग्रह बमोजिम तिन दिने स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गर्ने भएको हो ।
स्वास्थ्य परिक्षण तथा औषधि वितरणमा छुट भएका ६८ वर्ष भन्दा माथिका नागरिकलाई पुनः नाम दर्ताका लागि क्षेत्र विकासले एक सूचना मार्फत सार्वजनिक आव्हान गरेको छ ।
कार्यक्रम जेष्ठ ३०, ३१ र ३२ गते स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा संचालन हुने क्षेत्र विकासले जनाएको छ ।
