अभ्यास खेलमा श्रीलंका विजयी

अभ्यास खेलमा श्रीलंका विजयी

२०८१, जेठ १९ शनिवार

  • 633
    SHARES

  • अभ्यास खेलमा श्रीलंका विजयी

    काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा श्रीलंका विजयी भएको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ४१ रनले पराजित गरेको हो । 

    श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो । आयरल्याण्डको पारि भने १८.२ ओभरमा १२२ रनमा समेटिन पुग्यो । टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक ३२ रनको नटआउट पारि खेल्दा कप्तान वानेन्दू हसरंगाले २६ रन जोडे । त्यसैगरी पथुम निसनकाले २२ रन बनाउँदा दासुन सनकाले २३ रन बनाए ।

    यसैगरी सदिरा समरविक्रमा र कुसल मेन्डिसले १३–१३ रन जोडेका थिए । आयरल्याण्डका जोस लिटल र बेरी म्याकार्थीले दुई दुई विकेट लिए ।

    जवाफमा मध्यम सुरुआत गरेको आयरल्याण्डले जित भने निकाल्न सकेन । आयरल्याण्डका लागि कर्टिस कामफरले २६ रन बनाउँदा कप्तान पौल स्र्टलिङले २१ रन जोडे । 

    त्यसैगरी जर्ज डर्केलले १७ रन बनाउँदा एन्डी बालवर्नीले १६ रन बनाएका थिए । हेरि टेक्टरले १३ तथा लोरकन टकरले ११ रन बनाए ।

    आयरल्याण्डलाई रोक्ने क्रममा श्रीलंकाका दसुन सनकाले ३।२ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिँदा महिसा तिक्षणा र वानेन्दू हसरंगाले दुई दुई विकेट लिए । टी २० विश्वकप आइतबारदेखि सुरु हुँदै छ । श्रीलंका समूह डीमा रहेको छ भने आयरल्याण्ड समूह एमा रहेको छ ।

    यस्तै, अर्को अभ्यास खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई ५५ रनले पराजित गरेको छ । -एजेन्सी ।

    २०८१, जेठ १९ शनिवार०८:१५:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार