टी-२० विश्वकपको औपचारिक सुरुवात आज, कति छ पहिलो पुरस्कार ?

टी-२० विश्वकपको औपचारिक सुरुवात आज, कति छ पहिलो पुरस्कार ?

२०८१, जेठ २० आइतवार

  • 685
    SHARES

  • टी-२० विश्वकपको औपचारिक सुरुवात आज, कति छ पहिलो पुरस्कार ?

    एजेन्सी । टी-२० विश्वकप क्रिकेटको औपचारिक सुरुवात आज हुँदैछ। उद्घाटन समारोह अघिनै पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबिच प्रतिस्पर्धा भइरहेको छ। जसमा पहिलो व्याटिंग गरेको क्यानाडाले ५ विकेट गुमाएर १९४ रन बनाएको छ भने अमेरिकाले १० औँ ओभरमा दुई विकोटको नोक्सानिमा ८१ रन बनाएको छ । 

    विश्वकपमा यो पटक २० टिमलाई ४ समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको छ।

    अमेरिका र वेस्टइन्डिजमा हुने खेलमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको उद्घाटन समारोह भने विश्वकपको दोस्रो खेल सुरु हुनुअघि अर्थात् नेपाली समय अनुसार साँझ ६: ४५ मा सुरु हुनेछ। समारोहमा डेभिड रुडर, रावी बी, इरफान आल्वस, डीजे एना र अल्ट्राले आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ।

    टी-२० विश्वकप अमेरिका र वेस्टइन्डिजले आयोजना गर्दैछन्। अमेरिकाले ३ भेन्युमा कुल १६ खेलको आयोजना गरेको छ। न्यूयोर्कमा ८ खेल हुँदा डालास र फ्लोरिडामा समान ४-४ खेल हुने छन्। त्यस्तै वेस्टइन्डीजका ६ भेन्युमा कुल ३९ खेल हुनेछन्। बारबाडोसमा ९ खेल हुँदा एन्टीगुऔमा ८, सेन्ट लुसियामा ६, गुयानामा ६, विसेन्टमा ५ र ट्रिनिडाडमा ५ खेल हुने कार्यतालिका रहेको छ। प्रतियोगिताको फाइनल बारबाडोसमा हुनेछ।

    कति छ पहिलो पुरस्कार ?
    आइसीसीले अहिलेसम्म प्रतियोगिताको विजेताले पाउने पुरस्कारको रकम खुलाएको छैन। यद्यपि, अघिल्लो विश्वकपको हाराहारीमानै रहने अनुमान गरिएको छ।

    २०२२ मा विजेताले करिब २१ करोड, उपवजेताले करिब ११ करोड पाएका थिए। सेमिफाइनलमा पुगेका दुई टिमले ५-५ करोड हात पारेका थिए। 

    फाइनल जुन २९ मा हुनेछ । 

    २०८१, जेठ २० आइतवार०९:०९:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार