विश्वकप क्रिकेटः वर्षा भएपछि नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

विश्वकप क्रिकेटः वर्षा भएपछि नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

२०८१, जेठ ३० बुधवार

  • 713
    SHARES

  • विश्वकप क्रिकेटः वर्षा भएपछि नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

    काठमाडौँ । आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि आजको खेल रद्ध भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज विहान हुने भनिएको खेलमा पानी परेपछि खेल हुननसकि रद्ध भएको हो । यस सँगै दुवै टिमले १-१ अंक बाँडेका छन् । 

    आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको थियो । समूह चरणका चार खेलमध्ये पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा जित निकाल्ने दाउमा थियो भने श्रीलङ्काले यसअघिका दुवै खेलमा हार बेहोरेकाले अन्तिम आठमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा थियो । 

    सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमने सामने हुन लागेका थिए । यसअघि उमेर समूहमा यी दुई टोलीको पटक-पटक भेट भए पनि सिनियर टोलीमा भने पहिलो अवसर हो ।

    नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।

    आजको खेलपछि समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।

    २०८१, जेठ ३० बुधवार०७:३८:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार