फ्लोरिडामा अत्याधिक वर्षा भएपछि नेपाली टिम वेस्टइन्डिज जान पाएन 

फ्लोरिडामा अत्याधिक वर्षा भएपछि नेपाली टिम वेस्टइन्डिज जान पाएन 

२०८१, जेठ ३१ बिहिवार

  • 717
    SHARES

  • फ्लोरिडामा अत्याधिक वर्षा भएपछि नेपाली टिम वेस्टइन्डिज जान पाएन 

    काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्टइन्डिज जानु पर्नेमा मौसम खराबका कारण अमेरिकामै रोकिएको छ । फ्लोरिडामा मंगलबार श्रीलंकाविरुद्धका खेल खराब मौसमका कारण हुन नसक्दा दुवै टिमले अंक बाँडेका थिए ।

    समूह चरणका २ खेल खेल्नका लागि नेपाली टिम बुधबार वेस्टइन्डिज प्रस्थान गर्ने तालिका रहेको थियो । नेपालले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र श्रीलंकासँग खेल्ने छ । वेस्टइन्डिजमा स्टार लेगस्पिनर सन्दीप लामिछानेले नेपाली टोलीलाई पर्खिएका छन् । अमेरिका जान नपाएका सन्दीपले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेल्ने छन् ।

    अहिले पनि फ्लोरिडाको मौसम अत्यन्त खराब रहेकाले अधिकांश हवाई उडानहरु रद्द भएका छन् । मंगलबारदेखिको झरी बुधवार पनि कायम रह्यो भने बिहीबार पनि मौसम खराब हुने भन्दै त्यहाँको राष्ट्रिय मौसम विभागले अलर्ट (सूचना) जारी गरेको छ ।

    जसका कारण फोर्ट लाउडरडेल हलिउड अन्तर्राष्ट्रिय एयरपोर्ट र मायमी अन्तर्राष्ट्रिय एयरपोर्टका नियमित उडान प्रभावित भएका हुन् । मौसम विभागले बाढीको जोखिम रहेको भन्दै घरभन्दा बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ । 

    पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपाल दोस्रो खेल वर्षाका कारण रद्द हुँदा श्रीलंकासँग एक एक अंक बाँडेको थियो ।

    नेपालले शनिवार बिहान दक्षिण अफ्रिका विरुद्ध खेल्दै छ भने सोमवार असार ३ गते बंगलादेशसँग खेल्ने छ ।  -एजेन्सी । 

    २०८१, जेठ ३१ बिहिवार०८:५२:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार