अर्जेन्टिनाले जित्यो १६ औँ पटक कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले जित्यो १६ औँ पटक कोपा अमेरिकाको उपाधि

२०८१, आषाढ ३१ सोमवार

  • 725
    SHARES

  • अर्जेन्टिनाले जित्यो १६ औँ पटक कोपा अमेरिकाको उपाधि

    अर्जेन्टिनाले सर्वाधिक १६ औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ। सोमबार बिहान भएको फाइनल खेलमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले १६ औँ पटक उपाधि जितेको हो।

    यससँगै सर्वाधिक कोपा अमेरिका उपाधि जित्ने राष्ट्रमा अर्जेन्टिना पहिलो बनेको छ। यस अघि सन् २०२१ को कोपा अमेरिकाको उपाधि पनि अर्जेन्टिनाले नै जितेको थियो।

    हार्ड रक रंगशालामा भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले पराजित गरेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि, खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको ११२ औ मिनेटमा लाउटरो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्न पुग्यो। उनले जियोवानी लो सेल्सोको पासमा गोल गरेका हुन्।

    २०८१, आषाढ ३१ सोमवार१०:५४:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार