जनकपुर बोल्ट्सले जित्यो पहिलो संस्करणको एनपीएल उपाधि, ऐरीले जिते अमोडा कार

जनकपुर बोल्ट्सले जित्यो पहिलो संस्करणको एनपीएल उपाधि, ऐरीले जिते अमोडा कार

२०८१, पौष ६ शनिवार

  • 917
    SHARES

  • जनकपुर बोल्ट्सले जित्यो पहिलो संस्करणको एनपीएल उपाधि, ऐरीले जिते अमोडा कार

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो । जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।

    जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी खेले । उनले ४९ बल खेल्ने क्रममा ४ छक्का र ९ चौकाको सहयोगमा ८७ रन बनाए । आशिफ शेखले  १९ बल खेल्ने क्रममा ४ चौका र २ छक्कासहित ३३ रनको योगदान दिए । हर्ष थाकरले २४ बल खेल्दै २ छक्काको साहरामा ३० रन बनाए । साथै मोहम्मद मोहसिनले ९ र जिमी निशमले ४, आकाश त्रिपाठीले २ र मयन यादवले २ रन बनाए ।

    सुदूरपश्चिमका लागि सैफ अलि जेब, इशान पाण्डे, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलेइनले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । उसका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत दिलाए । उनीहरुले पहिलो विकेटका लागि ११७  रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा ८ चौका र २ छक्काको साहरामा ६९ रन बनाए । साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै १ चौका र ३ छक्कासहित ४१ रन बटुले । 

    साथै ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने  स्कट कुग्गेलेइनले १३ रन बटुले । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले ३(३ विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक-एक विकेट लिए । प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित १ करोड १० लाख र उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथो हुनेले १५ लाख प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

    त्यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेद्रसिंह ऐरी नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् ।

    आफ्नो टोलीलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका दीपेन्द्र सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका हुन् । सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित दीपेन्द्रले अमोडा कार पुरस्कार प्राप्त गरेका छन् ।

    उनले प्रतियोगिताभर २२७ रन, ८ विकेट, ३ क्याच र ७ रन आउट गरेका छन् ।

    २०८१, पौष ६ शनिवार०७:०२:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार