आइसिसी टी-२० विश्वकपका लागि जारी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले अर्को रोमाञ्चक जित निकालेको छ। नेपालले कतारलाई ५ रनले पराजित गर्दै विश्वकप छनोट यात्रा बलियो बनायो।
लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुपर सिक्समा दोस्रो जित हासिल गर्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए। कतार विरुद्ध खराब सुरुवातका बाबजुत सन्दीप लामिछानेको सानदार प्रदर्शनमा नेपालले जित हासिल गर्यो। नेपालले महत्वपूर्ण जित निकाल्ने क्रममा अन्तिम ४ ओभरमा ५ विकेट लिएर खेलमा सानदार पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो।
खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै कतारलाई १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाउन सक्यो।
१ सय ४८ रनको लक्ष्य पछ्याएको कतारले राम्रो सुरुवात गरेपनि पछिल्लो क्रम लगातार विकेट पतनको सिकार हुँदा अन्तिम बल अगावै १ सय ४२ रनमा अलआउट भयो। उसका लागि इमाम लियानागेले अर्धशतकीय इनिङ खेले। उनले ३५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए। उनी र जुबाइर अली बिच पहिलो विकेटका लागि ७९ रनको साझेदारी भएको थियो। अलीले खेललाई अन्तिम सम्म लाने प्रयास गरेपनि उनले गतिलो साथ पाएनन अन्तत उनी ५२ रनको अवस्थामा १८ औं ओभरमा आठौं विकेटका रुपमा नन्दन यादवको बलमा पेभिलियन फर्किए।
यि दुइ बाहेक थप दोहोरो स्कोरका रुपमा मुहम्मद असिमले १० रन बनाए। पछिल्लो क्रमका अन्य कुनै पनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। नेपालको जितमा सन्दीप लामिछाने निर्णायक बने। उनले महत्वपूर्ण ५ विकेट लिँदा नन्दन यादवले २ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे। जितसँगै नेपाल तेस्रो पटक टी-२० विश्वकप खेल्ने संघारमा पुगेको छ।
यसअघि सुपर सिक्सको पहिलो खेलमा नेपालले युएई माथि १ रनको रोमाञ्चक जित निकालेको थियो।
नेपाल सुपर सिक्समा अपराजित रहँदै ६ अङ्क बनाएर तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भयो।