काठमाडौँ । एसीसी यु-१९ प्रिमियर कपमा नेपाल युएईसँग २७ रनले पराजित हुँदै उपविजेता बनेको छ। पहिले ब्याटिङ गर्दै युएईले नेपाललाई १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपाल ३३.२ ओभरमा १२० रनमा अलआउट भएको थियो।
नेपालका लागि कप्तान अशोक धामीले ३४ रन बनाउँदा आशिष लुहार २५ रन तथा रोसन विश्वकर्माले २५ रन बनाए। थप दोहोरो स्कोरका रुपमा भन्स क्षेत्रीले ११ रन बनाएका थिए। युएईका लागि युग जै शर्मा, अली अस्गर शुम्स र नुरुलाह अयुबले २-२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईलाई ४५.५ ओभरमा अलआउट गर्दै नेपालले १ सय ४७ रनको लक्ष्य दिएको थियो। युएईका लागि अहमेद खुदादले ७१ रनको अर्धशतकीय इनिङ्स खेल्दा नोरुल्लाह अयोबीले २६ तथा अयान मिसबाहले ११ रन बनाएका थिए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
नेपालका लागि दयानन्द मन्डलले ६.५ ओभरमा १७ रन खर्चिएर ६ विकेट लिए। त्यस्तै, अर्जित पौडेलले २ तथा नितेश कुमार पटेल र अशोक धामीले १.१ विकेट लिए।