साविक च्याम्पियन जनकपुर कर्णालीसँग पनि पराजित

साविक च्याम्पियन जनकपुर कर्णालीसँग पनि पराजित

२०८२, मंसिर २२ आइतवार

  • 709
    SHARES

  • साविक च्याम्पियन जनकपुर कर्णालीसँग पनि पराजित

    काठमाडौँ । नेपाल प्रमियर लिग (एनपिएल)मा साविक विजेता जनकपुर बोल्ट्सले खराब प्रदर्शनलाई अन्तिम खेलमा पनि निरन्तरता दिँदा अंकतालिकाको पुछारमा रहेर सिजन अन्त्य गरेको छ।

    पहिले ब्याटिङ गर्दै जनकपुर बोल्ट्सलाई जितका लागि कर्णाली याक्सले १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा जनकपुर १ सय २६ रनमा समेटिँदा कर्णालीले ३ रनको रोमाञ्चक जित निकाल्यो।

    जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ५१ रनको अर्धशतकीय इनिङ्स खेले पनि अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। उसका लागि थप दोहोरो स्कोरका रुपमा संगीत कोरीले २५ रन बनाउँदा माज सदाकले १२ रन बनाए। त्यस्तै, जन निकोल लोफ्टाइ इटनले १३ रनको अविजित इनिङ्स खेले पनि टिमको हार टार्न पर्याप्त भएन।

    कर्णालीका लागि विलियम बोसिस्टोले २ विकेट लिँदा मार्क वाट, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले १-१ विकेट लिएका थिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो। उसका लागि इमरान शेखले ३३ रन बनाउँदा गुल्सन झाले १० तथा प्रियंक पञ्चलले १६ रन बनाए। त्यस्तै, विलियम बोसिस्टोले १५ रन बनाउँदा सोमपाल कामी १८ रनमा अविजित रहे।

    जनकपुरका लागि आदित्य महता र ललित राजवंशीले २–२ र संगीत कोरी, अनिल साह र मज सदाकले १-१ विकेट लिए।

    २०८२, मंसिर २२ आइतवार०९:०९:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार