विश्वकप अगाडि लयमा नेपाल, क्यानडाविरुद्ध सानदार जित 

विश्वकप अगाडि लयमा नेपाल, क्यानडाविरुद्ध सानदार जित 

२०८२, माघ २४ शुक्रवार

  • 437
    SHARES

  • विश्वकप अगाडि लयमा नेपाल, क्यानडाविरुद्ध सानदार जित 

    काठमाडौँ । टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा नेपालले सहज जित निकालेको छ। विहिवार सम्पन्न खेलमा क्यानडालाई नेपालले ६ विकेटले पराजित गरेको छ। 

    पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई एक सय ६१ रनको लक्ष्य दिएको थियो। नेपालले १८ ओभरमा ४ विकेट गुमाएर सहज रूपमा सो लक्ष्य पुरा गरेको हो। 

    नेपालका लागि आरिस शेखले आक्रामक अर्धसतक प्रहार गरेका थिए। २९ बलमा ५८ रन जोडेर उनी रिटार्यर्ड आउट भए । त्यस्तै, सन्दीप जोराले ४४, गुल्सन झाले अविजित ३१ रनको योगदान दिए। 

    पहिलो वार्मअप खेलमा नेपालले युएईलाई मंगलबार सात विकेटले पराजित गरेको थियो। विश्वकप अन्तर्गत पहिलो खेल नेपालले आगामी आइतबार इंल्याण्डविरुद्ध खेल्नेछ। 

    २०८२, माघ २४ शुक्रवार०७:२३:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार