मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले प्रतियोगिताकै बलियो टोली इंग्ल्यान्डसँग आज आइतबार खेल्दै छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् जसमा टेस्ट टोलीले औषत खेलमात्र पस्कन सके ।
आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डविरुद्ध खेल्दा नेपाल हारेमा केही पनि नगुमाउने उच्च मनोबल साथ मैदानमा उत्रिनेछ ।
तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।
त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित निकाल्नु पर्नेछ । आज इंग्ल्यान्डलाई हराउन सके आगामी खेलका लागि नेपाली टोली उच्च मनोबलमा हुनेछ ।
नेपालको सम्भावित ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, शेर मल्ल या सन्दिप जोरा रहने छन् ।
इंग्ल्यान्डले सार्वजनिक गरेको प्लेइङ ११ मा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रूक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर, लुक वूड रहेका छन् ।