नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ। आइतबार साँझ सम्पन्न खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको हो। राजस्थानले प्लेअफमा स्थान बनाएसँगै पञ्जाब किंग्स भने प्रतियोगिताबाट बाहिरिएको छ। यो सँगै प्लेअफ पुग्ने सबै चार टिमको तय भएको छ।
प्रतियोगितामा आरसीबी र गुजरात शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का हुँदा हैदराबाद र राजस्थानले एलिमिनेटरमा प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताबाट पञ्जाब, कोलकाता, चेन्नई, दिल्ली, मुम्बई र लखनउ प्रतियोगिताबाट बाहिरिए।
वांखडे मैदानमा आइतबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन बनाएका थियो। उसका लागि ध्रुव जुरेलले ३८ रन बनाउँदा यशस्वी जैसवालले २७ रन बनाए। त्यस्तै दसुन सनकाले २९ रन बनाउँदा जोफ्रा आर्चरले ३२ रन बनाए। त्यस्तै रविन्द्र जडेजा १९ रनमा अविजित रहँदा कप्ता नरियान परागले १४ र डोनोभान फेरेराले १८ रन बनाए।
२ सय ६ रनको लक्ष्य पछ्याएको मुम्बइ निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रनमा समेटियो। उसका लागि सुर्यकुमार यादवले ६० रन बनाउँदा विल ज्याकले ३३ तथा हार्दीक पाण्ड्याले ३४ रन बनाए।
अब मे २६ मा हुने पहिलो क्वालिफायरमा बेंगलोरु र गुजरात आमनेसामने हुँदा मे २७ मा हुने एलिमिनेटर खेलमा हैदराबाद र राजस्थानबीच प्रतिस्पर्धा हुने छ। उक्त खेलमा जित निकाल्ने टोलीले बेंगलोरु र गुजरात बिचको पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि भिड्ने छ।
फाईनल ३१ मे मा हुनेछ ।